एनसेलको सेवा सगरमाथा आधार शिविरमा पनि उपलब्ध, नेटवर्क मर्मतसम्भार गरी सञ्चालनमा

  • Technology Khabar | २० माघ २०७७, मंगलवार
एनसेलको सेवा सगरमाथा आधार शिविरमा पनि उपलब्ध, नेटवर्क मर्मतसम्भार गरी सञ्चालनमा

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सगरमाथा आधार शिविरमा आफ्नो सेवा उपलब्ध गराएको छ।

कम्पनीले ५,३६३ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरमा मोबाइल नेटवर्क स्थापना गरेको जानकारी दिएको छ।

कम्पनीले सो नेटवर्कमार्फत वरपरको २ हजार मिटरको दायरामा गुणस्तरिय सेवा उपलब्ध गराउन थालेको छ ।

कम्पनीले मंसिरमा ५,३६३ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरको नेटवर्क सफलतापूर्वक मर्मतसम्भार गरी सञ्चालनमा ल्याएको हो ।

यससँगै स्थानीय बासिन्दा र पर्वतारोहीका लागि गुणस्तरीय डाटा र भ्वाइस सेवा उपलब्धताको सुनिश्चितता भएको कम्पनीले सोमबार ट्विटरमार्फत जानकारी दिएको छ ।

सगरमाथा आधार शिविरमा रहेको यो सबैभन्दा उचाईमा रहेको एनसेलको बेस स्टेसन हो ।

एनसेलले सोलार ब्याकअपसहित सो नेटवर्क संचालनमा आएको र आफ्नो नेटवर्कमा मोबाइल सेवा प्रयोग गर्न सकिने जनाएको छ ।

प्रकाशित: २० माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...