स्वचालित इभी बनाउन हुन्डाईले एप्पलसँग सहकार्य गर्ने, हुन्डाईको सेयर २० प्रतिशतले बढ्यो

  • Technology Khabar | २४ पुष २०७७, शुक्रबार
स्वचालित इभी बनाउन हुन्डाईले एप्पलसँग सहकार्य गर्ने, हुन्डाईको सेयर २० प्रतिशतले बढ्यो

काठमाडौं ।

स्वचालित इलेक्ट्रिकल भेहिकल (इभी) बनाउन हुन्डाईले आईफोन निर्माता कम्पनी एप्पलसँग सहकार्य गर्ने भएको छ । यस परियोजनका लागि दुवै कम्पनीबीच प्रारम्भिक चरणको वार्ता भइरहेको छ ।

अहिले नै यी दुईबीच सहकार्य गरेर अघि बढ्ने बिषय भने टुंगोमा पुगिसकेको छैन । एप्पल र हुन्डाईबीचको सम्भावित सम्झौताको हल्लाले हुन्डाई मोटर कम्पनीको सेयरमा सकारात्मक प्रभाव देखिन थालिसकेको छ ।

शुक्रबार दक्षिण कोरियाको स्टक एक्सचेन्जमा हुन्डाईको सेयर मूल्य २० प्रतिशतले बढेको छ।

एप्पल र हुन्डाईबीचको साझेदारी सम्बन्धी खबर पहिलो पटक कोरिया इकोनोमी डेलीमा प्रकाशित भएको छ । यस खबरको पुष्टि ब्लूमबर्गले हुन्डाईको स्टेटमेन्ट प्रकाशित गरेको छ ।

उक्त स्टेटमेन्टमा लेखिएको छ, एप्पल र हुन्डाई छलफलमा छन् । यो प्रारम्भिक चरण हो । हालसम्म यस सम्बन्धमा कुनै निर्क्योल निकालिएको छैन ।’

कोरियाली कम्पनीले सीएनबीसीसँग भनेको छ, ‘हामी बुझ्दछौं की एप्पलले हुन्डाई मोटर सहित विश्वका विभिन्न मोटर उत्पादकसँग छलफल गरिरहेको छ । छलफल सुरुको चरणमा रहेको हुँदा कुनै पनि निर्णय भएको छैन ।’

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार