काठमाडौं ।
शाओमीको नयाँ स्मार्टफोन शाओमी एमआई ११ मा एकैपटक दुई ब्लूटूथ हेडसेट कनेक्ट गर्न सकिने सुविधा रहेको छ ।
शाओमी एमआई११ स्मार्टफोनमा उपलब्ध यस फिचरबाट दुई व्यक्तिले छुट्टाछुट्टै ब्लूटूथ हेडसेट कनेक्ट गरेर म्यूजिक सुन्न तथा फिल्म हेर्न सक्नेछन् ।
क्वालकम स्न्यापड्रागन ८८८ चिप सेट प्रयोग गरिएको यो पहिलो स्मार्टफोन पनि हो । नयाँ स्मार्टफोनमा वायरलेस माइक्रोफोन, इन्फ्रारेड रिमोट कन्ट्रोल, एनएफसी, फिंगर प्रिन्टका साथै मुटुको धड्कन पत्ता लगाउने फिचर छ ।
साथै ठूलो तेस्रो लाइनर मोटर, हर्मन कारडन ट्युनिङ डुअल स्पिकर, ब्लूटूथ अडियो सेरिङ लगयात फिचर छन् ।
यो फोन केहि दिनअघि मात्र चीनमा लन्च भएको छ । नेपाली बजारमा भने आउने वा नआउने कुनै जानकारी छैन् । एजेन्सी
प्रकाशित: २४ पुष २०७७, शुक्रबार