त्रिभुवन विमानस्थलबाट भन्सार छली गरेर ल्याएको आईफोन १२ सहितका मोबाइल बरामद

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
त्रिभुवन विमानस्थलबाट भन्सार छली गरेर ल्याएको आईफोन १२ सहितका मोबाइल बरामद

काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएका महंगा मोबाइलहरु बरामद गरेकाे छ । प्रहरीले महंगा माेबाइलका साथमा लत्ताकपडा समेत बरामद गरेको छ ।

हङकङबाट भन्सार छलेर ल्याएको महँगो मूल्यका १० वटा आईफोनसहित मोबाइल र कपडासहित करिब १५ लाख ७५ हजार मूल्यको सामान बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

हङकङबाट नेपाल फर्केका यात्रुमार्फत मगाएको सामान भन्सार छलेर कालिमाटी घर भएका बिपिन मानन्धरले आगमनतर्फको पार्किङ क्षेत्रमा संकलन गरेका थिए ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४१० बाट ल्याएको सो सामान सहित प्रहरीले बिपिनलाई पनि पक्रेको रातोपाटीको रिपोर्टमा उल्लेख छ।

कस्मेटिक सामान, ज्याकेट, स्विटर र मोवाइलसहित उनलाई भन्सार कार्यालयमा पठाइएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...