Technology Khabar ९ पुष २०७७, बिहीबार
काठमाडौं ।
एप्पलको आईफोन १२ फाइभजी फोन मध्येमा सबैभन्दा धेरै ब्यापार गर्ने फोन बन्न सफल भएको छ । एप्पलले सन् २०२० अक्टोबरमा आईफोन १२ सिरिजका चार नयाँ मोडल बजारमा सार्वजनिक गरेको थियो।
बजार विश्लेशक कम्पनी काउन्टरप्वाइन्टको हालै आएको प्रतिवेदनअनुसार आईफोन १२ सार्वजनिक भएको दुई हप्तामै सबैभन्दा धेरै बिक्री हुने ५जी फोन बन्न सफल भएको छ ।
प्रतिस्पिर्धी कम्पनीको तुलनामा आईफोनको ५जी फोनले बजारमा ढिलो उपस्थिति जनाएको थियो । बजारमा प्रवेश गरेको छोटो समयमै आईफोनका ५जी फोनले बजारमा प्रभूत्व जमाउन सफल भएको हो ।
आईफोन १२ प्रो बिक्रीका हिसाबले दोस्रो स्थानमा छ । आईफोन १२ को बजार हिस्सा १६ प्रतिशत र आईफोन १२ प्रोको बजार हिस्सा ८ प्रतिशत छ ।
सन् २०२० को अक्टोबरमा बिक्री भएका ५जी फोनको करिब एक चौथाई हिस्सा आईफोनकै छ । सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा सेप्टेम्बरमा सबैभन्दा धेरै बिक्री हुने ५जी फोनको रुपमा रहेको थियो । तर अक्टोबरमा ४ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा झरेको छ ।
२४ प्रतिशत बजार ५जी फोनको
सन् २०२० अक्टोबर ५जी फोनका लागि फलदायक देखिएको छ । बजार विश्लेषक काउन्टरप्वाइन्टका अनुसार अक्टोबरमा विश्वभर बिक्री भएका सम्पूर्ण फोनमा ५ जीको बजार हिस्सा २४ प्रतिशत रहेको छ ।
प्रकाशित: ९ पुष २०७७, बिहीबार