इसीआईमा नेपालको आउटरिचलाई इनोभेसन अवार्ड

  • Technology Khabar | ६ पुष २०७७, सोमबार
इसीआईमा नेपालको आउटरिचलाई इनोभेसन अवार्ड

काठमाडौं ।

चीनको साङघाइमा डिसेम्बर १६ देखि डिसेम्बर १८ सम्म आयोजना गरिएको इसीआई अवार्ड २०२० समारोहमा इसीआई मार्केटिङ इनोभेसन अवार्ड आउटरिच नेपालले जितेको छ । यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानको लागि प्राप्त भएको हो ।

आउटरिचले विश्वव्यापी रुपमा फैलिएको महामारीकै बीच सम्पूर्ण विश्व सीमित स्रोतहरुका साथ घरभित्र थुनिएर बस्न बाध्य भएको समयमा यो अभियान शुरु गरेको थियो ।

इसीआई अवार्डको स्थापना इन्टरनेशनल इन्टरप्रिन्युयर्स, क्रिएटिभ्स एण्ड इनोभेटर्स एसोशिएसनद्वारा गरिएको हो । इसिआइले नवीन सिर्जनाको प्रभावकारितालाई आधार बनाई विश्व भरिका डिजीटल बिज्ञापनहरुको तुलना गरि यो अवार्ड प्रदान गर्ने गर्दछ ।

उक्त समारोहमा आउटरिच नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै एशियन फेडरेसन अफ एडभरटाइजिङ एसोशिएसन्स (एएफएए) का अध्यक्ष रेमण्ड सोले भने, ‘म बेसिक ह्युम्यानिटी जस्तो प्रेरणदायी अभियानको लागि उजय र उनको टिमलाई हार्दिक बधाई दिन चाहन्छु । जुन अभियानलाई विभिन्न देशहरुमा अत्यन्त सकारात्मक तवरमा ग्रहण गरिएको तथा स्वीकारिएको थियो । यो अभियान तात्कालिन परिप्रेक्ष्यमा अति नै सान्दर्भिक थियो । यो बेसिक ह्युम्यानिटी अभियानले समानुभूतिको सन्देशलाई अगाडी बढाएको थियो ।’

यसैगरी इसिआइ अवार्डका सभापति डाक्टर ओवेन जीयाले भने, ‘आउटरिच नेपाल टिमलाई बेसिक ह्युम्यानिटी परियोजनाको लागि यो प्रतिष्ठित इसिआइ मार्केटिङ्ग इनोभेशन अवार्ड जित्न सफल भएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । यस कार्यले सीमा वा संस्कृतिको परिधिमा नरहि विश्वभरका मानिसहरुमा समान रहेको समस्याहरुलाई भावनात्मक रुपमा लक्षित गरेको छ ।’

प्रकाशित: ६ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...