आर्थिक समाचार

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो कर्पोरेट पे प्रणाली

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो कर्पोरेट पे प्रणाली
Global IME Bank

नेपाल बङ्गलादेश बैंकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ।

त्यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा बैंकका सिनियर मेनेजर प्रदिप नेपाल र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन्।

Sajilo Visa
easy care