
काठमाडौं ।
एप्पल आईफोन प्रयोगकर्ताहरुले आईओएस १४.२ को अद्यावधिक भएदेखि ब्याट्री ड्रेन भएको गुनासो गरिरहेका छन्।
एप्पलका डिभाइसहरुमा आईओएस १४.२ को अपडेट भर्खरै आएको छ। त्यस बेलादेखि नै आईफोन ११, आईफोन एक्सएस, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन ७ लगायत आईफोन एसई २०२० प्रयोगकर्ताहरूले ब्याट्री तिब्ररुपमा ड्रेन हुने गुनासो गरिरहेका छन।
ब्याट्रीको बारेमा भने एप्पलको ट्र्याक रेकर्ड केहि खराब छ। भर्खरै मात्र कम्पनीले अपडेटको लागि करोडौं रुपैयाँ जरिवाना तिरेको छ।
त्यस्तै एक अद्यावधिकमार्फत कम्पनीले केही वर्ष अघि पुरानो आईफोन मोडेलको परफरमेन्ट घटायो, जसको कारण कम्पनीले करिब ७३ अर्ब रुपैयाँ तिरेर केसको समाधान गराउनुपर्यो।
चाखलाग्दो कुरा के छ भने आईफोन १२ श्रृंखलाका प्रयोगकर्ताहरूलाई भने यसले कुनै फरक पारेको छैन। एप्पललाई यो आरोप लाग्दै आएको छ कि कम्पनीले पुरानो आईफोनको गति अपडेटहरूमार्फत कम गर्दछ ताकि नयाँ आईफोनहरू किन्न बाध्य हुन्। यद्यपि कम्पनीले यसलाई अस्वीकार गरेको छ।
एप्पल डेभलपर फोरम र रेडिटमा आईफोन प्रयोगकर्ताहरूले नयाँ अपडेट पछि छिटो ब्याट्री डिस्चार्ज भएको पाइरहेका छन्। यहाँ केहि प्रयोगकर्ताहरूले भनेका छन् कि नयाँ अपडेटपछि ब्याट्री ३० मिनेट भन्दा कम समयमा नै ५० प्रतिशतसम्म घटिरहेको छ।
रिपोर्टका अनुसार सामान्य प्रयोगमा पनि ब्याट्री द्रुत गतिमा तल झर्दै छ। एक प्रयोगकर्ताले रेडिटमा भने कि तिनीहरूले आईओएस १४.२ लाई आईफोन ११ मा अपडेट गरे र त्यसपछि ब्याट्री चाँडो सकियो र फोन १२ महिना पुरानो पनि भएको छैन।
प्रयोगकर्ताले यो पनि भनेका छन कि उनीहरूलाई आईओएसको यो अद्यावधिक मनपरेको छैन् र उनीहरू एन्ड्रोइड तर्फ सर्नेछन्।
त्यस्तै, एप्पलको विकासकर्ता फोरममा, एक प्रयोगकर्ताले भनेका छ कि अपडेट हुनु अघिसम्म ब्याट्रीले राम्रोसँग ब्याक अप दिईरहेको थियो, तर अपडेट पछि ब्याट्री ब्याकअप कम भयो।
हालसम्म एप्पलले ब्याट्री ड्रेनको गुनासोको बारेमा केहि बोलेको छैन् ।
उता माइक्रोब्लगिङ वेबसाइट ट्विटरमा धेरै प्रयोगकर्ताहरूले मानिसहरूलाई आईओएस १४ मा अपडेट नगर्न अनुरोध गरिरहेका छन्। एजेन्सी
प्रकाशित: २३ मंसिर २०७७, मंगलवार