
काठमाडौं ।
नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुमसहित बिएमडब्ल्यु ब्राण्डको विक्री सुरु गरेको छ।
कम्पनीले सोमबारदेखि तिनकुनेमा १० हजार १ सय ६५ स्क्वायर फिटको शोरुमसहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको हो ।
जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको जानकारी दिएको छ।
नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ। नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’
‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं ।
ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनुहुनेछ । जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने छ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूती गर्न सक्नुहुनेछ।
ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नेछन्। टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुनेछ भने उक्त कारलाई ग्राहकले छनोट गर्नुभएको स्थानमा उपलब्ध गराउने जनाएको छ।
बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: २२ मंसिर २०७७, सोमबार