काठमाडौं ।
चिनियाँ मोबाइल ब्राण्ड भिभोले नेपालमा आफ्नो व्यवसायिक यात्राको तेस्रो वर्ष पुरा गरेको अवसर पारेर सेल्स कार्निभल आयोजना गर्ने भएको छ ।
कम्पनीले हालै आधिकारिक फेसबुक पेजमा समेत आठ लाख लाइक पुरा भएको र नेपालमा ३ वर्ष पुरा गरेको अवसर पारेर कार्निभल गर्न लागेको जानकारी दिएको छ।
नेपाली प्रयोगकर्ताहरुका लागि विगेस्ट एनुअल सेल्स कार्निभल आयोजना गर्न लागेको हो । सेल्स कार्निभल यहि १२ डिसेम्बरदेखि आगामी ५ जनवरी २०२१सम्म आयोजना हुनेछ जसमा भिभोका नेपाली प्रयोगकर्तासहित विशेषगरी विद्यार्थी, घुमन्ते, फोटोग्राफर तथा भिभो फ्यान क्लबका सदस्यहरु सहभागी हुन सक्नेछन् ।
सेल्स कार्निभलमा ग्राहकहरुले भिभो स्मार्टफोनको खरिदमा भारी छूट तथा रोचक गिफ्ट ह्याम्पर्स पाउन सक्छन् । साथै २५ दिनसम्म चल्ने उक्त समारोहमा हरेक स्मार्टफोनको खरिद बिक्रीमा लक्की ड्रबाट बम्पर पुरस्कार समेत जित्ने अवसर हुने कम्पनीले जानकारी दिएको छ।
भिभोको यो सेल्स कार्निभलमा सहभागी भएर लाभ लिन ग्राहकहरुले नजिकैको भिभोको खुद्रा स्वरुम तथा दराजलगायतका अनलाइन पार्टनरबाट मोबाइल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
‘हामी यो उत्सवको मौसममा प्रत्येक ग्राहकको लागि सम्झन लायक हाम्रो वार्षिकोत्सव गर्ने लक्ष्य राख्छौं र त्यसैले हाम्रो वार्षिक बिक्री कार्निभलको लागि ठूलो छुट र अफरसहितका डिलहरू पेश गरेका छौं। यस पहलको साथ, हामी ग्राहकको सन्तुष्टिमा भिभोको फोकस पुनर्स्थापित गर्दछौं र हाम्रा ग्राहकहरूलाई छूट र प्रस्तावहरू ल्याउँदछौं जुन अपूरणीय छन्।’ भिभो नेपालका सिईओ मार्सले भने ।
प्रकाशित: २२ मंसिर २०७७, सोमबार