दुई करोड बढी स्मार्टफोनहरुमा भाइरस राखेकोमा जियोनीका अधिकारीहरु दण्डित

  • Technology Khabar | २१ मंसिर २०७७, आईतवार
दुई करोड बढी स्मार्टफोनहरुमा भाइरस राखेकोमा जियोनीका अधिकारीहरु दण्डित

काठमाडौं ।

चिनियाँ अदालतले चिनियाँ स्मार्टफोन निर्माता जियोनी संलग्न रहेको एक मुद्धाको फैसला प्रकाशित गरेको छ।

जसमा जियोनीले २० लाख भन्दा बढी उपकरणमा ट्रोजन हर्स लगाएको र प्रयोगकर्ताको जानकारी बिना नै अनावश्यक विज्ञापन र अन्य खराब गतिविधिहरूबाट पैसा कमाएको आरोप लगाएको छ ।

जियोनीको सहायक कम्पनी शेन्जेन झिपु टेक्नोलोजी कम्पनी लिमिटेडले तथाकथित ‘स्टोरी लक स्क्रिन’ एप प्रयोग गरेर सफ्टवेयर अपडेट मार्फत ट्रोजन हर्स प्रत्यारोपित गरेको प्रमाणित गरेको हो।

‘डार्क हर्स प्रोग्राम’ बाट सबैभन्दा पहिले डिसेम्बर २०१८ मा डिभाइसहरु संक्रमित गरिएका थिए। यो काम अक्टुबर २०१९ सम्म गरिएको थियो र त्यस अवधिमा कम्पनीले ४.२ मिलियन डलर कमाएको थियो ।

सो ट्रोजन हर्सले २१.७५ मिलियन स्मार्टफोनलाई असर गर्यो। त्यस अवधिको लागि खर्च केबल १.३ मिलियन डलर भन्दा केहि थोरै छ।

जू ली, झू यिंग, जिया झेंगकियांग र पान क्यूई गैरकानुनी रूपमा मोबाइल उपकरणहरू नियन्त्रणको प्रक्रियामा दोषी ठहरिए र उनीहरुलाई ३ देखि ३.५ वर्षको जेल सजायका साथै प्रत्येकलाई २ लाख चिनियाँ यूआन अर्थात करिब ३६ लाख रुपैयाँ जरिवाना लगाइएको छ।

यद्यपि यो सस्तो चिनियाँ स्मार्टफोनहरूका साथमा एक सामान्य अभ्यास जस्तो देखिन्छ र अन्य कम्पनीहरू पनि त्यस्तै द्वेषपूर्ण क्रियाकलापको दोषी पाईएका थिए । जसमा इन्फिनिक्स र टेक्नो ती मध्ये एक हुन्।

माध्यम १ माध्यम २

प्रकाशित: २१ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...