वालिंङ नगरपालिकाकाे राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
वालिंङ नगरपालिकाकाे राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

काठमाडौं ।

अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एपमार्फत बुझाउन सक्ने भएका छन्।

खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झाैता गरेकाे छ।

नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीको वेबपेज वा माेबाइल एपमा रहेकाे सरकारी सेवा मेनुमा गई वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

सेवाग्राहीकाे भिड भइरहने नगरपालिकामा माेबाइलमा रहेकाे खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाकाे अपेक्षा छ ।

खल्ती डिजिटल वालेटका संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको बताएका छन् ।

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Nepal Launches Galaxy Z Fold8 Series with Galaxy AI and a Smarter Ownership Ecosystem

  • Technology Khabar
  • १८ मंसिर २०७७, बिहीबार