नास्टका पूर्व उपकुलपति तथा भौतिकशास्त्री श्रेष्ठको निधन

  • Technology Khabar | १३ मंसिर २०७७, शनिबार
नास्टका पूर्व उपकुलपति तथा भौतिकशास्त्री श्रेष्ठको निधन

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्व उपकुलपति तथा भौतिकशास्त्री प्रा.डा. केदारलाल श्रेष्ठको ८२ वर्षको उमेरमा यही मंसिर १० गते निधन भएको छ ।

उनी सन् १९९२ देखि १९९७ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) मा पूर्व उपकुलपति भएर काम गरेका थिए ।

सन् १९३८ मा जन्मिएका श्रेष्ठले त्रिचन्द्र क्याम्पसबाट आइएससी र बीएससी गरेका थिए । उनी अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा पिएचडी गर्ने पहिलो नेपाली नागरिक पनि हुन् ।

उनले सन् १९७९ देखि १९८६ त्रिभुवन विश्वविद्यालयले स्थापना गरेको सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकाष्ट) मा कार्यकारी निर्देशकको रुपमा समेत काम गरेका थिए ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सल्लाहकार हुँदा बनेपामा ‘आइटी पार्क’ निर्माण र आइटी ऐन बनाउन पनि उनको सहयोग रहेको थियो।

उनले नेपाल भौतिक विज्ञान समाजका अध्यक्ष, इनस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका सहायक डीन,राष्ट्रिय वातावरण संरक्षण परिषदको सदस्य, राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको सदस्य सचिव लगायत अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए ।

श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित: १३ मंसिर २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...