ज्योति विकास बैंकका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रूपैयाँ बोनस

  • Technology Khabar | १० मंसिर २०७७, बुधबार
ज्योति विकास बैंकका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रूपैयाँ बोनस

काठमाडौं ।

ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्नसकिने छ।

ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ। ज्योति विकासको बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिङ्ग सुविधा भने लिएको हुनुपर्छ।

ज्योति विकास बैंकमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु नपर्ने खल्तीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...