
काठमाडौं ।
हालसालै चिनियाँ कम्पनी टेनसेन्टले भारतमा सबै पबजी मोबाइलको सर्भर बन्द गरेको घोषणा गरेको थियो । पबजी मोबाइल गेमलाई भारतमा केहि समयअघि नै प्रतिबन्ध गरिएको थियो, तर सर्भरहरू भने चलिरहेका थिए, अब यसले पूर्ण रूपमा काम गर्न रोकेको छ।
नयाँ रिपोर्टका अनुसार पबजी मोबाइल फेरि भारत फर्कन सक्दछ। टेक क्रन्चका अनुसार दुई स्रोतले पबजी मोबाईल फेरि भारत फिर्ता आउन तयार छ भनेर पुष्टि गरेको छ।
यो रिपोर्टकाअनुसार पबजी मोबाइलको मूल कोरियाली कम्पनी गत केही हप्तादेखि विश्वव्यापी क्लाउड सेवा प्रदायकहरुसंग वार्तामा छ।
भारतमा स्थानीय डाटा प्रयोग गर्न दक्षिण कोरियाली कम्पनी क्लाउड सेवा प्रदायकहरुसँग कुराकानी गरिरहेको बताईएको छ । यसका लागि कुन कम्पनीमा सम्झौता हुनेछ भनेर हालसम्म भनिएको छैन।
रिपोर्टका अनुसार यस गेमिङ्ग कम्पनीले भारतका हाई प्रोफाइल स्ट्रिमरहरूलाई तयार हुन आग्रह गरेको छ। उनीहरूलाई भनिएको छ कि उनीहरूले पबजी मोबाइल यस बर्षको अन्त्य सम्म फिर्ता हुने आशा गर्न सक्दछन्।
पबजी कर्पोरेसनले यस विषयमा अझै आधिकारिक भनाई जारी गरेको छैन। तर यो आशा गरिन्छ कि यस महिनाको अन्त्यमा, यसले भारतमा दोस्रो हप्ता दिपावलीको अवसर पारेर आफ्नो भविष्यको योजना घोषणा गर्न सक्छ।
यो उल्लेखनीय छ कि पबजी मोबाइलको पेरेन्ट कम्पनी ब्लूहोल अब क्राफ्टनको रूपमा चिनिन्छ । यस कम्पनीले भारतमा टेन्सेन्टको साथ पबजी मोबाइलको पब्लिस गर्ने साझेदारीको अन्त्य गरेको घोषणा गरेको थियो र कम्पनीले आफैं ल्याउने बताएको थियो ।
पबजीको लागि भारत निकै महत्वपूर्ण र ठूलो बजार मध्ये एक हो ।
प्रकाशित: २२ कार्तिक २०७७, शनिबार