
काठमाडौं ।
एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बनाउने उद्देश्यले ग्राहकसमक्ष ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।
योजना अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।
फाइदा नै फाइदाले भरिएको योजनामा बैंकका मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सक्ने बताईएको छ ।
देशव्यापी कोभिड–१९ महामारीका कारण सामाजिक दूरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसूस गर्दै बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ ।
चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पुर्याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
‘खुशीयालीमा बैंकले आफूलाई साथीको रुपमा उभ्याई ग्राहक महानुभावहरूको चाडपर्वलाई यादगार बनाउने लक्ष्य लिएको छ । ग्राहक महानुभावहरूलाई चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्राण्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउनुहुन बैंक सम्पूर्ण ग्राहक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछ,’ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ आश्विन २०७७, बुधबार