
काठमाडौं ।
साइबर सेक्यूरिटी कम्पनी म्याकफी कर्पले अमेरिकी बजारमा आफ्नो प्रारम्भिक सार्वजनिक शेयर निस्कासनबाट ८१ करोड ४० लाख डलर उठाउन खोजेको बताएको छ।
एक नियामकमा दर्ता गरिएको प्रतिवेदनअनुसार चार बर्ष अगाडि इंटेल कर्पबाट बाहिरिएको कम्पनीले करीव घ करोड १० लाख शेयर बेच्नेछ, जबकि बेच्ने शेयरधनीहरुले सो आईपीओमा करीव ६० लाख सेयर प्रस्ताव गर्नेछन् ।
यसले प्रति शेयर १९ देखि २२ डलरको दायरा लक्षित गर्दैछ, जसले अन्त्यमा फर्मको मूल्यांकन ९.५ अर्ब डलर पुर्याउनेछ ।
सन् २०१६ मा म्याकफीलाई इन्टेलबाट टिजीपी ग्रुपले किनेको थियो जसको मूल्य ऋणसहित ४।२ अर्ब डलर गरिएको थियो ।
कम्पनीकाअनुसार अहिले उठाईने रकमबाट ऋण तिर्न प्रयोग हुनेछ । रोयटर्स
प्रकाशित: २८ आश्विन २०७७, बुधबार