काठमाडौं ।
फेसबुकले केहि समयअघि मात्रै अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, यूरोप र क्यानाडा र भारतमा अवतार (फेसबुक अवतार) फीचर जारी भरेको थियो।
अब यो फिचर फेसबुकले नेपाली प्रयोगकर्ताहरुलाई पनि जारी गरिसकेको छ।
यो फीचरको मद्दतले यूजर्सले अपनाउने कार्टूनिस्ट क्यारेक्टर सिर्जना गर्न सक्नुहुन्छ।
जो तपाईँको च्याटमा देखिनेछ। यो फिचर स्न्यापच्याटमा बिटमोजी र एप्पलको मिमोजी जस्तै नै छ। फेसबुकको नयाँ फिचरको मद्दतबाट यूजर्सले आफ्नो कार्टूनिस्श क्यारेक्टर बनाउनुहोस् र अन्य साथीहरूसँग साझेदारी गर्न सकिन्छ। यो क्यारेक्टरको प्रयोग यूजरहरूद्वारा दोस्रो यूजर्सको पोस्टमा कमेन्ट गर्दा प्रयोग गर्न सकिन्छ।
योसँगै फेसबुक अवतारको प्रयोग प्रोफाइल पिक्चर र म्यासेन्जर च्याट विन्डोमा हुन सक्छ। यसका अतिरिक्त यो अवतार थर्ड पार्टी एप्सहरू स्न्यापच्याट, ट्विटर र इन्स्टाग्राममा पनि एक्सपोर्ट हुन सक्छ।
यदि तपाइँ आफैं आफ्नो अवतार क्रिएट गर्न चाहानुहुन्छ भने केहि स्टेप फलो गर्नुपर्नेछ। त्यसपछि तपाईं यस अवतारलाई क्रिएट गरेर साथीहरुसँगै शेयर गर्न सकिन्छ।
-सबैभन्दा पहिले तपाईंको फेसबुक एपको लेटेस्ट भर्जन अपडेट गर्नुपर्नेछ। यो तपाइँको गूगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट अपडेट हुनेछ ।
-त्यसपश्चात् फेसबुक एपमा जानुहोस्। त्यहाँ ह्यामबर्गर मेनू (तीन लाइन) मा क्लिक गर्नुहोस्।
-यहाँ छ ‘अधिक हेर्नुहोस्’ को विकल्प देखिनेछ । त्यसमा क्लिक गर्नुहोस्।

-अब त्यहाँ रहेको ‘अवतारहरू’ को विकल्पमा क्लिक गर्नुहोस्।

-अब तपाइँको आफ्नोअवतारलाई आफैं कस्टमाइज गर्नुपर्ने हुन्छ । सब भन्दा पहिले फेस शेप, फेस लाइन्स, हेयरस्टाइल आदि सेट गर्नुपर्ने हुन्छ।

-त्यसपश्चात् तपाईँको बडी शेप सेलेक्ट गर्नुहोस्। सबै कस्टमाइजेशन पछि क्लिक आइकनमा क्लिक गर्नुहोस्।
-त्यसपश्चात तपाईंको अवतार तयार हुनेछ। यहाँ तपाईंले टिप्स पनि प्राप्त गर्न सक्नुहुन्छ कि तपाईं कसरी यसलाई प्रयोग गर्नुहुन्छ।
अब तपाईँले यसलाई के तपाइँको फीडमा शेयर गर्न चाहानुहुन्छ भन्ने विकल्प आउनेछ । यो तपाईं स्किप पनि गर्न सक्नुहुन्छ। यो प्रयोग गर्नका लागि कृपया टेक्स्ट फिल्डमा स्माइली आइकनमा क्लिक गर्नुहोस् र स्टिकर विकल्प प्रयोगबाट अवतार छनौट गर्नुहोस्।
प्रकाशित: २५ आश्विन २०७७, आईतवार