इनोभेसन तथा स्टार्टअप राज्यको प्राथमिकता हुनुपर्नेमा जोड

  • Technology Khabar | २४ आश्विन २०७७, शनिबार
इनोभेसन तथा स्टार्टअप राज्यको प्राथमिकता हुनुपर्नेमा जोड

काठमाडौं ।

इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने दोस्रो ज्ञान सम्मेलनमा बोल्ने वक्ताहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरुले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए । त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न देशमा कार्यरत नेपाली तथा विदेशीहरुले आफ्ना अनुभव सुनाएका थिए । प्रविधिको आत्मसात गर्न सके मात्रै देशले फड्को मार्न सक्ने वक्ताहरुले बताए ।

प्रोफेसर एन्ड्र पार्डोले कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियाको आफ्नो अनुभव सुनाएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.रामेश्वर अधिकारी, हरि पाण्डे, डा आरपी त्रिपाठी, डा. रोन चाटलर, डा. भिमप्रसाद काफ्ले, समी कार्की, किसुन घेलानलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको सहजीकरण डा. राजु अधिकारीले गरेका थिए ।

*हेडलाइन सम्पादित

प्रकाशित: २४ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...