ताजा समाचार

सामाजिक सञ्जाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ
Global IME Bank

सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा Dr.james sonar र James andy नामबाट friend Request पठाई साथी बनाई लण्डनको नागरिक हो भन्दै विवाह गर्छु भनि बिश्वास दिलाई जन्मदिनको अवसरमा गिफ्ट पठाई दिन्छु भनि सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

Sajilo Visa
easy care