Technology Khabar १३ आश्विन २०७७, मंगलवार
काठमाडौं ।
केटिएम विश्वको नं. १ र नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले बहु–प्रतिक्षारत केटिएम ३९० एड्भेन्चर लन्च गरेको छ ।
नेपालभरिका केटिएम शोरुमहरुमा केटिएम ३९० एड्भेन्चर ९ लाख ९९ हजार ९०० रुपैयाँ मूल्यमा बुकिङ्ग सुरु गरिएको छ । यो बाइकको बिक्री आज देखि सुरु गरिनेछ ।
नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा केटिएम ३९० एड्भेन्चरले केटिएम मा नै शानदार आगमन गरेको छ । गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङ्गमा मानिसहरुको चासो बढिरहेको हामी सबैले देखेका छौं । यही बद्लिंदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एड्भेन्चर बनाइएको हो ।
केटिएम ३९० एड्भेन्चर वास्तवमा डाकर विजयी केटिएम ४५० र्यालीबाट प्रेरित छ, केटिएमको उच्च इतिहासबाट प्रभावित र्याली रेसिंगमा चेसिस, प्रोफाइलिंग र अन्य विशेषता जस्तै कि ठूलो ईन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्शनको व्यवस्था छ ।
३९० एड्भेन्चर, एड्भेन्चर यात्राको लागि बनाइएको हो, जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएमको अगाडिको व्हील भएको डब्लूपीको लङ्ग ट्राभल सस्पेन्शन छ, मेटजेलरको नोबी टायरहरु, २०० एमएमको उच्च ग्राउन्ड क्लीरेन्स, लङ्ग व्हीलबेस, विस्तारीत विन्डसिल्ड र ईञ्जिनको लागि सुरक्षित बेस प्लेट छ ।
३९० एड्भेन्चरको सबैभन्दा पृथक पक्ष भनेका यसको साथमा आउने फस्ट क्लास ईलेक्ट्रोनिक्सको सेट र राइडर एड् हो, जुन अहिलेसम्मे सुपर बाइकको साथमा मात्र उपलब्ध थियो । ईलेक्ट्रोनिक कन्ट्रोल युनिट वा इसीयू कन्ट्रोलस् भनेको लिन एन्जल सेन्सीटिभ मोटरसाइकल ट्रान्ज्याक्सन कन्ट्रोल जस्तो ईलेक्ट्रोनिक एड्को होस्ट हो, जसले अत्यधिक धूलो र लूज ग्राभल सतहमा पनि बाइकलाई स्थीरता दिन्छ, कर्नेरिङ एबिएस, जसले घुमाउरो बाटो, अफरोड एबिएस लूज ग्राभल सतहमा सुरक्षित र शानदार राइडको सन्तुलित आनन्द दिन्छ।
आरमदायी क्लचलेस अप र डाउन सिफ्टीङको लागिको क्वीकशिफटरं र कल, म्यूजिक र वैकल्पिक टर्न–बाइ–टर्न न्याभिगेशनको लागि यसमा केटिएम माइ राइड स्मार्टफोन कनेक्टीभिटी छ र फूल–कलर टिएफटी डिस्प्लेद्वारा यो सबै राम्रो ढंगले डिस्प्ले र रिलेड गरिन्छ । यी फिचरहरुले निर्बाधरुपले राइडरलाई धेरैभन्दा धेरै कन्ट्रोल दिन्छ र ज्यादै जटिल समयमा पनि समाधान दिन्छ ।
३९० एड्भेन्चर केटिएम ३९० ड्यूक ईञ्जिनको बुहुमुखी प्रतिभामा आधारित गरी बनाइएको हो, अत्याधुनिक डिओएचसी सिंगल सिलेन्डर हेड प्रविधि– केटिएम को हाई–पर्पmरमेन्स रेस मोडलहरुबाट लिइएको हो र भ्ँक्ष् र राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ एचपीको पावर र ३७ एनएमको टर्क दिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ आश्विन २०७७, मंगलवार