
काठमाडौं ।
पाल्पा जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ ।
वर्षासँगै पहिरोका कारण फाइबर तार चुडिँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।
नेपाल टेलिकम पाल्पाले तीन दिनअघि तिनाउ गाउँपालिकाको दोभान जङ्गल क्षेत्रमा गएको पहिरोको कारण फाइबर तार चुँडिएको जनाएको छ ।
पहिरोले चुँडेका तार समयमै मर्मत हुन नसक्दा पाल्पामा उपभोक्ता सेवाबाट वञ्चित हुनुपरेको छ । फोन सम्पर्क हुन नसक्ने, टेलिफोन सेवा नचल्ने र इन्टरनेट सेवा बन्द भएको उपभोक्ताले गुनासो गरेका छन् । गोरखापत्र
प्रकाशित: १२ आश्विन २०७७, सोमबार