सूचना प्रविधिले सरकारी निकायका महशुल भुक्तानी सेवा सहज बनाउँदै

  • Technology Khabar | १२ आश्विन २०७७, सोमबार
सूचना प्रविधिले सरकारी निकायका महशुल भुक्तानी सेवा सहज बनाउँदै

काठमाडौं ।

सूचना प्रविधिको बढ्दो प्रयोगले परम्परागत कार्यशैलीमा सुधार भई सेवा सहज हुन थालेको छ । घण्टौं लाइन बसेर महशुल तिर्नुपर्ने विद्युत् प्राधिकरण, टेलिफोन, खानेपानी जस्ता कार्यालयमा अब प्रविधिको प्रयोग गरी घरैमा बसीबसी महशुल तिर्ने उपभोक्ताको सङ्ख्या विस्तारै बढ्दै गएको छ ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रमा मात्र झण्डै ३८ प्रतिशत उपभोक्ताले घरमै बसीबसी अनलाइनबाट महशुलको भुक्तानी गरेका छन् ।

इन्टरनेटको सहयोगबाट घरमा बसीबसी सजिलै महशुल भुक्तानी गर्दा छिटो छरि तो र सजिलो हुनथाले पछि काउन्टरबाट भुक्तानी गर्नेको सङ्ख्या निरन्तर घट्दो अवस्थामा रहेको प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ ।

कोरोना महामारीको समयमा प्रविधिको प्रयोगले महशुल भुक्तानी गर्दा सेवाग्राहीलाई सुरक्षित समेत बनाउने भएकाले पछिल्लो समय त्यसतर्फ सेवाग्राही थप आकर्षित भएको प्राधिकरणका विराटनगर केन्द्र प्रमुख राजीव सिंहले बताए ।

अनलाइन बैङ्किङमार्फत् विद्युत् महशुल भुक्तानी गर्ने उपभोक्ताको सङ्ख्या चैत बढेको हो । साउन महिनामा विराटनगर वितरण केन्द्रका २३ हजार ९८० जना उपभोक्ताले अनलाइनबाट विद्युत् महशुल भुक्तानी गरेकोमा भदौ महिनामा त्यो सङ्ख्या बढेर २६ हजार नौ सय पुगेको केन्द्रले जनाएको छ ।

भदौ महिनामा उक्त वितरण केन्द्रमा अनलाइनमार्फत विद्युत् महशुल भुक्तानी गर्ने सङ्ख्या कुल ग्राहक संख्याको ३७.७४ प्रतिशत भएको बिलिङ शाखाका युवराज घिमिरेले जानकारी दिए।

प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरर्गत रहेका १८ वटा एरियामा ७१ हजार २७० विद्युत् प्रयोगकर्ताहरू छन् ।

अनलाइन भुक्तानी प्रणालीलाई प्राधिकरणले अझ आधुनिक बनाउने हो भने सेवाग्राहीको सङ्ख्या अझ बढ्ने बिलिङ शाखाका कर्मचारी घिमिरेको भनाइ छ ।

प्राधिकरणले बिलिङ गरेको दुई दिनपछि मात्र अनलाइनमा देखिन्छ भने खानेपानी संस्थानमा बिलिङ गरेको ३० मिनेटमै अपडेट हुन्छ ।

बिजुलीलगायत विभिन्न महशुल भुक्तानीका लागि ईसेवा, आईएमई पे , फोन पे लगायत विभिन्न सेवाहरू सञ्चालनमा छन् । त्यसबाट उपभोक्ताले सहज सेवा लिन सक्नेछन् । यसले बैङ्कबाट कारोबार गर्ने पद्धतिको विकास गर्ने भएकाले सेवालाई अझ विश्वसनीय पारदर्शीसमेत बनाउने प्रयोगकर्ताहरूको अनुभव छ । गोरखापत्रबाट

प्रकाशित: १२ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • १२ आश्विन २०७७, सोमबार

DipArtha hosts interaction program

  • १२ आश्विन २०७७, सोमबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • १२ आश्विन २०७७, सोमबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • १२ आश्विन २०७७, सोमबार

Two hundred thousand online betting apps closed

  • १२ आश्विन २०७७, सोमबार