सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

  • Technology Khabar | १ आश्विन २०७७, बिहीबार
सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ।

ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्तरुपमा गरे।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरे।

यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ।

सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...