आर्थिक समाचार

नबिल बैंकको चाडपर्व योजना, ७.४९ प्रतिशत ब्याजदरमा घरकर्जा पाईने

नबिल बैंकको चाडपर्व योजना, ७.४९ प्रतिशत ब्याजदरमा घरकर्जा पाईने
Global IME Bank

नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड-१९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने गरी चाडपर्व योजना सार्वजनिक गरेको हो ।

बैंकले उक्त योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ ।

उक्त योजनाअन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ बर्षसम्मको मुद्दती खातामा बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ ।

२ बर्षभन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदर र ५ बर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

साथै, कर्जा अन्तर्गत घर कर्जामा ७ दशमलव ४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ । त्यसैगरी, साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७ दशमलव ४९ प्रतिशत, एक करोड भन्दा माथिको कर्जामा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ ।

यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैंकले जनाएको छ ।

Sajilo Visa
easy care