एलेक्सा डिभाइसमा बलिउड कलाकार अमिताभ बच्चनको आवाज राखिने

  • Technology Khabar | २९ भाद्र २०७७, सोमबार
एलेक्सा डिभाइसमा बलिउड कलाकार अमिताभ बच्चनको आवाज राखिने

काठमाडौं ।

इ-कमर्स कम्पनी अमेजन इंडियाले हिंदी फिल्म जगतका महानायक अमिताभ बच्चनसँग साझेदारी गर्ने घोषणा गरेको छ ।

कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट अनुभवको लागि अमिताभको आवाज मार्फत सुविधा प्रदान गर्नेछ।

सेलिब्रेटीले अमेजनसँग रेकर्ड गर्ने र एलेक्सामा आफ्नो आवाज दिन काम गर्ने छन्, जुन ग्राहकले भ्वाईस एक्सपेरियन्सको रूपमा खरिद गर्न सक्षम हुनेछ।

फीचरले अमिताभ बच्चनको अनौंठो भ्वाइस लाइनका साथमा चुटकिला, मौसम, शायरी, प्रेरणादायक उद्धरण, सल्लाह, इत्यादि समावेश गर्दछ। ग्राहकहरूले एलेक्सालाई केहि पनि सोधेर सुविधा लिन सक्छन् र अमिताभ बच्चनको आवाजमा प्रतिक्रिया प्राप्त गर्न सक्छन्।

यो सुविधा अर्को बर्षको कुनै समयमा लन्चिङ्ग हुनेछ र यो एलेक्सा एकीकृत उपकरणहरू- एलेक्सा, फायर टिभी स्टिक, एलेक्सा एप, र अन्य तेस्रो पार्टी उपकरणहरूसँग उपलब्ध हुनेछ। एजेन्सी

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...