
काठमाडौं ।
दक्षिण कोरियाली टेक जायन्ट सामसङले आफ्नो हालै लन्च गरेको आफ्नो फ्ल्यागशिप डिभाइस ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा ५जी बंगलादेशमा पनि बनाउने भएको छ ।
कम्पनीले बंगलादेशमा फेयर ईलेक्ट्रोनिक्ससँग मिलेर स्थानिय स्तरमा एसेम्बल गर्न लागेको हो ।
बंगलादेशी मिडिया दि डेली स्टार डट नेटकाअनुसार सामसङले फेयर ईलेक्ट्रोनिक्सको स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ्ग प्लान्टमा ५जी डिभाइस बनाउने छ । यहाँ उत्पादित नोट २० सिरिजका फोनहरु सेप्टेम्बर मध्यमा स्थानिय बजारमा जाने बताईएको छ ।
सामसङले चीन, कोरिया, भारत, भियतनाम लगायतका देशहरुमा स्थानिय तहमा स्मार्टफोनहरु उत्पादन गर्ने गर्दछ ।
बंगलादेशमा स्थानिय तहमा नै एसेम्बल गर्दा करिब ३५ हजार बंगलादेशी टाका मूल्य सस्तो हुने र ग्राहकहरुले समेत सस्तोमा किन्न पाउने बताईएको छ ।
बंगलादेशमा सामसङको स्थानिय उत्पादक कम्पनी फेयर ईलेक्ट्रोनिक्ससले हाल सामसङका स्थानिय तहमा आवश्यक पर्ने सबै डिभाइसहरु उत्पादन गर्दै आएको छ ।
उत्पादक कम्पनीले सामसङको ५जी डिभाइस एसेम्बल गर्नका लागि मात्रै नयाँ लगानी गरेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ४ भाद्र २०७७, बिहीबार