
काठमाडौं ।
निजी क्षेत्रको मोबाइल अपरेटर स्मार्ट टेलिकम प्रालिले आफ्ना सेवा केन्द्रहरु सात दिनसम्म बन्द हुने जानकारी दिएको छ ।
कम्पनीले काठमाडौं उपत्यकामा आजदेखि जारी निषेधाज्ञाका कारण आफ्ना सेवा केन्द्रहरु बन्द हुने जानकारी दिएको हो ।
स्मार्ट टेलिकमले ललितपुर, भक्तपुर र पुतलिसडक र न्यूरोडमा भएको स्मार्ट सेन्टरहरु सात दिनसम्म बन्द हुने जानकारी दिएको हो ।
कम्पनीले कोभिड १९ को संक्रमण बढिरहेको हुँदा आफ्ना केन्द्रहरु बन्द भएको बताएको छ।
यदि ग्राहकहरुलाई कुनै समस्या वा सहयोग आवश्यक परेमा मेसेज पठाउन वा तोकिएको नम्बरहरुमा फोन गर्न भनेको छ ।
यसअघि पनि सूचनामार्फत कम्पनीले गएकाे मंगलबारदेखि नै सेवा बन्द हुने जानकारी दिएको थियो ।

प्रकाशित: ४ भाद्र २०७७, बिहीबार