पठाओका संस्थापक तथा टेक उद्यमी फाहिम सलेहको अमेरिकामा हत्या

  • Technology Khabar | १ श्रावण २०७७, बिहीबार
पठाओका संस्थापक तथा टेक उद्यमी फाहिम सलेहको अमेरिकामा हत्या

काठमाडौं ।

राइड शेयरिङ प्लेटफर्म पठाओका संस्थापक तथा टेक उद्यमी फाहिम सलेहको हत्या गरिएको छ ।

बंगलादेशमा स्थापना भएको पठाओ पछिल्लो समय नेपालमा पनि संचालनमा रहेको छ ।

अमेरिकामा बस्दै आएका सलेहको न्युयोर्कको म्यानहट्टनस्थित अपार्टमेन्टमा शव फेला परेको हो । प्रहरीले उनको शरीरलाई टुक्रा टुक्रा पारिएको अवस्थामा भेटेको थियो ।

मंगलबार सलेहकै अपार्टमेन्टमा उनकी बहिनीले सबैभन्दा पहिले उनको शरीर क्षतविक्षत अवस्थामा फेला पारेकी थिइन् र प्रहरीलाई खबर गरेकी थिईन् ।

प्रहरीकाले सीसीटीभी फुटेजमा सलेह एकजना मास्कधारी व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा प्रवेश गरिरहेको देखिएका थिए ।

उनको भेन्चर फण्ड कम्पनी गोकडा कम्पनीले वक्तव्य जारी गर्दै आफ्ना संस्थापक तथा सीईओ सलेहको मृत्युको खबर पुष्टि गरेको छ ।

उनले सन् २०१५ मा बंगलादेशमा पठाओ स्थापना गरेका थिए । यसका साथै सन् २०१७ मा नाइजेरिया र लाओसका लागि मोटरबाइक शेयरिङ एप गोकडाको समेत स्थापना गरेका थिए । एजेन्सीका साथ

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...