कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म विज्ञापन नदिने

  • Technology Khabar | १४ असार २०७७, आईतवार
कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म विज्ञापन नदिने

काठमाडौं ।

पेय उत्पादक कम्पनी कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म कुनै पनि प्रकारको विज्ञापन नदिने बताएको छ। कम्पनीले सामाजिक संजालमा घृणा फैलाउने विषयहरुलाई रोक्न यस्तो निर्णय गरेको हो ।

यस निर्णयको घोषणा गर्दै कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेम्स क्विन्सीले भने, ‘विश्वमा नश्लवादका लागि कुनै ठाउँ छैन र सामाजिक संजालमा पनि नश्लवादलाई कुनै स्थान छैन।’

उनले सामाजिक संजाल कम्पनीहरूसँग अधिकरुपमा जवाफदेहीता र पारदर्शिताको माग गरेका छन्।

कोका-कोलाको यो कदम फेसबुकले कुनै पनि समाचारको महत्वअनुसार पोस्टलाई खतरनाक वा भ्रामक घोषित गर्ने बताएपछि आएको हो।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले विभिन्न नस्ल, राष्ट्रीयता, धर्म, जाति, लिङ वा आप्रवासीुका लागि खतरा हुने विज्ञापनलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

‘नाफाका लागि घृणा बन्द गर’ #StopHateforProfit  अभियानका आयोजकहरूले फेसबुकमाथि घृणा भरिएका सन्देश र गलत सूचना नरोकेको आरोप लगाउँदै आएका छन्। उनीहरूले कम संख्यामा भएका परिवर्तनले समस्याको समाधान गर्न नसक्ने बताउँदै आएका छन्।

यस ह्यासट्यागको समर्थनमा ९० भन्दा बढी कम्पनीहरूले आफ्नो विज्ञापन फेसबुकमा रोकिसकेका छन्।

यदपी कोका कोलाले आफूहरूले विज्ञापन स्थगित गर्नुको अर्थ सो अभियानको समर्थन भने नभएको बताएको छ।

क्विन्सीले सामाजिक संजालमा विज्ञापन रोकेको आफ्नो कम्पनीले आफ्नो विज्ञापन नीतिमाथि पनि पुनर्विचार गर्ने बताएका छन्। बीबीसी

प्रकाशित: १४ असार २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार