
काठमाडौं ।
एप्पलको नयाँ आईफोनको बारेमा विभिन्न समाचारहरु आईरहेका छन् । कम्पनीले आईफोन उत्साहीहरूका लागि आईफोन १२ का धेरै मोडेलहरू पनि ल्याउन सक्ने अनुमान गरिएको छ ।
एप्पलको आईफोन १२ बजारमा ५जी प्रविधिसहित आउने छ र यसका साथै कम्पनीले आईफोन १२ को ४ जी मोडेल ल्याउने योजना पनि गरिरहेको छ।
हालै आएका रिपोर्टहरुको अनुसार उनीहरूको मूल्यहरू आईफोन १२ ५जी भन्दा निकै कम हुनेछ।
समाचारका अनुसार नयाँ ४जी एलटीई ईनेबल आईफोन १२ को शुरुवाती मूल्य ५४९ अमेरिकी डलर हुन सक्दछ। एकै साथ ४जी आईफोन १२ म्याक्सको मूल्य ६४९ अमेरिकी डलरसम्म हुन सक्छ।
एप्पलको ४जी आईफोन १२ मोडेल एलसीडी डिस्प्लेको साथ लन्च हुने अनुमान गरिएको छ ।
कम्पनीको ४जी आईफोन १२ को सस्तो मोडलमा ५.४ इन्चको डिस्प्ले र ड्यूल क्यामरा हुनेछ ।
यसबाहेक आईफोनको ५जी मोडलको मूल्य भने महंगो तोकिनेछ । जसमा ५जी आईफोन १२ को मूल्य ६४९ अमेरिकी डलरबाट शुरु हुनेछ भने महंगोमा आईफोन १२ म्याक्स ५जी को मूल्य १ हजार ९९ डलर हुनेछ ।
कम्पनीले यो वर्ष कुल ५ नयाँ मोडलमा आईफोन १२ लन्च गर्ने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: १४ असार २०७७, आईतवार