
काठमाडौं ।
कोभिड–१९ महामारीले विभिन्न उद्योग र क्षेत्रहरूमा अभूतपूर्व परिवर्तन ल्याएको छ तर यसले आइसिटी उद्योगको तीव्र विकासलाई भने रोक्न सकेको छैन ।
यसको चित्रण गर्दै जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी, इन्टरोप टोक्यो २०२० को आयोजक समितिले ‘सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार’ को विजेता घोषित गरेको छ जसमा ह्वावेका इनोभेटिभ प्रोडक्टस एण्ड सोलुसनले आठ पुरस्कार जित्न सफल भएका थिए ।
नेटवर्क इन्फ्रास्ट्रक्चर अवार्ड ह्वावेको ओप्टिएक्सट्रन्स ओएसएन ९८०० एम १२ ले जितेको छ । यो उद्योगको पहिलो सुपर सी–बैंड प्रसारण उत्पादन हो ।
क्लाउड इन्फ्रास्ट्रक्चरमा अवार्ड ह्वावेको क्लाउडइन्जिन १६८०० डाटा सेन्टर स्विच, एआई युगमा डाटा सेन्टरहरूको लागि उद्योगको उच्च घनत्व ४०० जीई लाइन कार्डले प्राप्त गरेको छ ।
त्यसैगरि सर्भर र भण्डारणमा अवार्ड ह्वावेको नेक्स्ट जेनेरेसन अल–फ्ल्यास स्टोरेज ओसनस्टेटर डोराडो ८०००र १८००० भि६, कोर उत्पादन र लेनदेन परिदृश्यहरूमा उन्मुख र लगातार प्रदर्शन, विश्वसनीयता र इन्टेलिजेन्स आधार चिन्हले पाएको छ।
इन्टरनेट अफ थिंग्स(आईओटी) को पुरस्कार ह्वावेको हुवावे एज कम्प्यूटिंग गेटवे एआर५०२एचले हात पारेको छ ।
फ्यासिलिटी अर्थात सुबिधा अन्तरगतको पुरस्कार ह्वावेको इमिमो एज कम्प्यूटिंग सुविधा समाधानले पाएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स कोटामा उद्योगको अग्रणी एटलस ९०० एआई क्लस्टर एक मात्र पुरस्कार जित्ने उत्पादन हो ।
त्यसैगरि ईन्टरप्राइज आईटीमा विशेष पुरस्कार ह्वावेको ५जी एआर नेटइन्जिन एआर६००० ले प्राप्त गर्न सफल भएको छ भने
नेटवर्क इन्फ्रास्ट्रक्चरमा विशेष पुरस्कार ह्वावे ओप्टिएक्सट्रन्स डिसि९०८, इन्टेलिजेन्ट डाटा सेन्टर इंटरकनेक्ट (डिसिआइ) को उत्पादन, एकल फाइबर क्षमताको ८८ टिबिट र एआई इनेबल्ड मर्मत सम्भारले प्राप्त गरेको छ ।
ह्वावेले इन्टरोप टोकियो २०२० र अघिल्लो वर्षमा प्राप्त गरेको पुरस्कारले, उद्योगले ह्वावेको नवीनता र गुणस्तरप्रति जोडलाई मान्यता दिएको र अनुसन्धान तथा विकासमा यसको दीर्घकालीन रणनीतिक लगानीको प्रतिबिम्ब रहेको यथार्थ दर्साउने कम्पनीको दाबी छ ।
महामारीको प्रभावले इन्टरोप टोकियो २०२० ले अन–साइट प्रदर्शन रद्द गरी अनलाइन प्रदर्शन र आईसीटी अवार्ड चयन गतिविधिहरू अप्रिल १३ देखि जून ३० सम्ममा प्रदर्शन गरिरहेको छ ।
प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार