कोभिड–१९ विरुद्ध नबिल बैंकको २ करोड भन्दा बढि सहयोग

  • Technology Khabar | २८ जेष्ठ २०७७, बुधबार
कोभिड–१९ विरुद्ध नबिल बैंकको २ करोड भन्दा बढि सहयोग

काठमाडौं ।

कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैंकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २ करोड ६२ लाख ८ हजार ८६७.१५ रुपैयाँ योगदान गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरे ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार