
काठमाडौं ।
डिजी स्कुल ग्लोबलले बिद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट ब्यवस्थित गरि स्मार्ट स्कुलको अवधारणामा ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ।
बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ‘डिजी स्कुल’ लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तरगत सफ्टवेयर तयार गरेको बताइएको छ।
डिजी स्कुलको कम्प्युटर कोर्ष लागू भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर निःशुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।
सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७ मा वा [email protected] सम्पर्क गर्न सक्ने सफ्टवेयर संयोजक मनिषा खड्काले बताइन्।
के हो स्कुल म्यानेजमेन्ट सफ्टवेयर ?
विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाजिरी र बिदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्टवेयरमार्फत हुनेछ।
अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ। गृहकार्य दिने र लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामाग्री डाउनलोड गर्ने सुबिधासमेत सफ्टवेयरमा उपलब्ध छ।
शिक्षकहरुको आन्तरिक संचारदेखि अभिभावकसँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ। स्कुल बस र होस्टेलको सम्पुर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ।
विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रिन्ट गर्न मिल्ने ब्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ।
प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार