अलिबाबाले क्लाउड कम्प्युटिङ्ग डिभिजनमा ५ हजार रोजगारी थप गर्ने

  • Technology Khabar | २८ जेष्ठ २०७७, बुधबार
अलिबाबाले क्लाउड कम्प्युटिङ्ग डिभिजनमा ५ हजार रोजगारी थप गर्ने

काठमाडौं ।

कोरोनाभाइरसको महामारीले गर्दा स्ट्रिमिङ्ग, भिडियो कल र डाटा भण्डारणको मागलाई उत्प्रेरित गरेसँगै चीनको अलिबाबाले अहिले र बर्षको अन्त्य बिच आफ्नो क्लाउड कम्प्युटिङ्ग डिभिजनमा ५ हजार रोजगारी थप गर्ने भएको छ ।

कम्पनीले बताएअनुसार नयाँ रोजगारी नेटवर्क, डाटाबेस, सर्भर, चिप्स र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) जस्ता क्षेत्रहरूमा हुनेछ ।  अनुसन्धान फर्म गार्टनरका अनुसार अलिबाबा एसियामा सबैभन्दा ठूलो क्लाउड सेवा प्रदायक हो र विश्वव्यापीरुपमा यो तेस्रो सबैभन्दा ठूलो क्लाउड कम्पनी हो ।

‘चीनमा व्यवसायहरुका लागि डिजिटल रूपान्तरण यात्रा, जुन पहिले ३ देखि ५ वर्ष लाग्ने अपेक्षा गरिएको थियो, गति बढेसँगै अब एक बर्षमा पूरा हुने सम्भावना छ,’ अलीबाबा क्लाउड इन्टेलिजेन्सका अध्यक्ष जेफ झाङ्गले एक विज्ञप्तिमा भने।

गएको अप्रिलमा अलीबाबाले आगामी तीन बर्षमा थप डाटा केन्द्रहरू निर्माण गर्न २०० अर्ब युआन खर्च गर्ने प्रतिबद्धता गरेपछि रोजगार सिर्जना हुने अवस्था आएको हो ।

टेक जायन्टको क्लाउड आम्दानी वित्तिय वर्ष २०२० मा ४० अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२ प्रतिशतले बढेको छ।

पछिल्लो दिनमा महामारीका कारण विश्वभर बेरोजगारी दरमा बृद्धि भएको छ। तर अझै पनि आर्थिक विपत्तिमा कम्पनीहरूले आगामी दिनमा उपभोक्ता बानी परिवर्तनले विभिन्न उद्योगहरूमा अवसर ल्याउने अपेक्षा गरिरहेका छन्। एजेन्सी

प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...