नबिल बैंकले ग्राहकहरुलाई प्रबिधिमैत्री बनाउने, सबै खाता निशुल्क खोली कारोबार गर्न सकिने

  • Technology Khabar | १३ जेष्ठ २०७७, मंगलवार
नबिल बैंकले ग्राहकहरुलाई प्रबिधिमैत्री बनाउने, सबै खाता निशुल्क खोली कारोबार गर्न सकिने

काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ।

यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड-१९ संक्रमण न्युनिकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराएको छ।

११८ शाखाहरु र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १३ जेष्ठ २०७७, मंगलवार