सामसङले ल्यायो घरबाहिर राखेर हेर्न मिल्ने ‘टेरेस’ आउटडोर टिभी, घाम र पानीले कुनै असर नपार्ने

  • Technology Khabar | १२ जेष्ठ २०७७, सोमबार
सामसङले ल्यायो घरबाहिर राखेर हेर्न मिल्ने ‘टेरेस’ आउटडोर टिभी, घाम र पानीले कुनै असर नपार्ने

काठमाडौं ।

घरभित्र लिभिङ्ग रुम वा बेडरूममा राख्नका लागि बजारमा कयौं टिभी रेन्ज उपलब्ध छ, तपाईँले सयौं ब्राण्ड मोडल र साइजका टिभीहरु किन्न सक्नुहुनेछ ।

तर घरबाहिर वा खुला स्थानमा टिभी हेर्नुपर्यो भने पक्कै समस्या हुन्छ ।

सामसङले हालै ‘टेरेस’ स्मार्ट टिभी लन्च गरेको छ, जुन घर बाहिर नै प्रयोग गर्नका लागि बनाईएको हो।

यस टिभीलाई घर बाहिरको कुनै पनि खुला क्षेत्रमा राखेर सिनेमा हलको मजा लिन सकिन्छ। विशेष कुरा यो छ कि यसको डिस्प्लेमा कडा घामको असर अप्रभावी छ। कडा सूर्यको प्रकाशमा पनि यसले उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ।

कम्पनीले यसमा वेदर रेजिस्ट्यान्ट ड्यूरेबिलिटी रहेको बताएको छ । जसले गर्दा यो टिभी सबै प्रकारको मौसमको सामना गर्न सक्षम छ। Television

यसको आईपी ५५ रेटिंगको कारण यसमा धुलो र वर्षाले पनि कुनै क्षति  गर्न सक्दैन्। टिभीको सुरूवाती मूल्य ३,४५५ अमेरिकी डलर अर्थात करिब ४ लाख २० हजार रुपैयाँबाट शुरु हुन्छ ।

सामसङ टेरेस क्यूएलईडी फोरके टिभी ५५ इन्च, ६५ इन्च र ७५ इन्चको तीन भेरियन्टमा लन्च भएको छ ।

हाल यो टिभी अमेरिकी र क्यानाडाको बजारमा मात्र उपलब्ध रहेको छ।

टेरेस स्मार्ट टिभीमा तीन एचडीएमआई पोर्ट, ल्यान पोर्ट, एक टसलिंक अप्टिकल अडियो आउटपुट र यूएसबी पोर्ट उपलब्ध छ। एजेन्सीका साथ

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार