Technology Khabar ७ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
जर्मनीमा हरेकवर्ष आयोजना हुने ईलेक्ट्रोनिक्स एक्जिबिसन यो वर्ष परम्परागतरुपमा नहुने घोषणा गरिएको थियो । तर अब भने आयोजकले यसलाई सिमितरुपमा भएपनि आयोजना गर्ने घोषणा गरेकोछ ।
कोभिड १९ को महामारीले रोकिएको यो इभेन्ट आउँदो सेप्टेम्बर ३ देखि ५ तारिखमा जर्मनीको बर्लिनमा आयोजना हुने भएको छ ।
आयोजकले दिएको जानकारीअनुसार सरकारले निर्धारण गरेको ५ हजार भन्दा बढि सहभागी हुने कार्यक्रम अक्टोबर २४ तारिखसम्म आयोजना गर्न रोकिएको छ तर सो इभेन्ट सेप्टेम्बरमा आयोजना गरिनेछ । यसैकारणले आयोजकले सिमितरुपमा यसलाई आयोजना गर्न लागेको हो ।
आयोजककाअनुसार आईएफए २०२० मा चार प्रमुख इभेन्टहरु तीन दिनमा राखिएका छन र प्रत्येक दिन केबल १००० जना मात्र सहभागी हुनसक्नेछन् ।
यसमा सहभागीहरुलाई कडाई गर्दै आमन्त्रण गरिएका मानिसहरुमात्र इभेन्टमा जानसक्ने बनाईएको छ । र त्यहाँ केबल मिडियालाई मात्र आमन्त्रण गरिने बताईएको छ ।
आयोजकहरुका अनुसार इभेन्टमा सम्पूर्णरुपमा सूरक्षाका उपायहरु अबलम्बन गरिनेछ । एजेन्सी
प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार