Technology Khabar ७ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
सोशल मिडिया जायन्ट फेसबुकले अब सपिङ्ग फीचर आफ्नो एपमा ल्याउने भएको छ । कम्पनीले शप्स लन्च गर्नेछ, सो सर्भिसले विभिन्न व्यवसायहरुलाई उनीहरुको उत्पादन प्रदर्शन तथा बिक्री फेसबुकमा गर्न अनुमति दिने कम्पनीका सिईओ मार्क जूकरबर्गले बताए ।
यो नयाँ सेवासहित फेसबुकलाई ई-कमर्शको रुपमा समेत प्रयोग गर्न सकिनेछ । गत वर्षमात्र फेसबुकको फोटो शेयरिङ्ग एप इन्स्टाग्राम र ह्वाट्सएपमा शपिङ्ग अप्सनलाई गत वर्ष सिमित गरिएको थियो ।
तर अब भने थप व्यवसायमैत्री बनाउने र यसले नयाँ विज्ञापन आम्दानीका साथै प्रयोगकर्ताको संख्या समेत बढाउनेछ ।
फेसबुक शप्सले फेसबुक र इन्स्टाग्राम दुबैमा एउटै अनलाइन स्टोरमार्फत पहुँच पुर्याउन सहयोग गर्नेछ । जसमा इन एप पर्चेजेजमा चेकआउट फीचर राखिनेछ, सोहि बेलामा मेसेजिङ्ग फीचर प्रयोग गरेर ग्राहकहरुसँग ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम डिरेक्टमार्फत कुराकानी गर्न सकिनेछ ।
विश्वको सबैभन्दा ठूलो सोशल नेटवर्कले सपिफाईसँग उत्पादनहरु एकीकृत गर्नेछ भने यसबाहेक अन्य ७ अनलाइन कमर्श प्लेटफर्महरुसँग पनि सहकार्य गर्नेछ सिईओ जूकरबर्गले बताए ।
फेसबुकको ईकमर्श फीचर शप्स व्यवसायहरुकोलागि निशुल्क हुनेछ र यसले ग्राहक तथा विज्ञापन बिक्री बढाउने अपेक्षा कम्पनीले गरेको छ ।
‘शप्सका लागि शुल्क लिनुको साटो यहाँ हाम्रो व्यवसायीक मोडल भनेको विज्ञापन हो, हामीलाई थाहा छ व्यवसायहरुका लागि शप्स मूल्यवान छन्, उनीनहरुले सामान्यरुपमा थप विज्ञापनहरु राख्नेछन र हामी त्यसबाट आम्दानी गर्नेछौं,’ जूकरबर्गले भने ।
फेसबुक शपका लागि व्यवसायहरुले फेसबुक शप्स निशुल्क बनाउन सक्नेछन् । जसमा उनीहरुले आफ्ना क्याटालग अपलोड गर्न, फीचर गर्ने प्रडक्टहरु छनौट गर्न, र त्यसलाई विभिन्न रंगहरु राखेर कभर इमेजको रुपमा कस्टमाइज गर्न सक्नेछन् । सो हेर्ने ग्राहकहरुले भने ब्राउज गरेर त्यसललाई सेभ गर्न र प्रडक्टहरु अर्डर गर्न सक्नेछन् ।
प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार