
काठमाडौं ।
स्मार्टफोनको आगमनसँगै, फोन फोटोग्राफीको ट्रेण्ड पूर्ण रूपमा परिवर्तन भएको छ। हातमा मोबाइल हुनेहुँदा मानिसहरू जहाँ भए पनि तस्बिर लिन बिर्सदैनन् । मोबाइल मा धेरै उत्कृष्ट एप्सका साथ तपाईं फोटोग्राफीको कामलाई सजिलो बनाउन सक्नुहुन्छ ।
तर एउटा कुरा यो पनि हो कि स्मार्टफोनबाट उत्कृष्ट फोटो लिनु त्यति सजिलो छैन। कयौंपटक तपाईँले त्यस्तो खराब फोटोहरू अवश्य देख्नु भएको छ जुन स्मार्टफोनबाटै खिचिएको थियो । यसका लागि केही चीजहरूमा ध्यान दिन धेरै महत्त्वपूर्ण छ।
त्यसैले आउनुहोस्, फोनबाट फोटोहरू खिच्दा कुन ५ विषयहरू ध्यानमा राख्नु पर्छ जान्नुहोस्-
शटलाई सन्तुलनमा राख्न ग्रिडलाइन प्रयोग गर्नुहोस्
यदि तपाईं आफ्नो मोबाइल फोटो राम्रो तरीकाले लिन चाहनुहुन्छ भने आफ्नो क्यामरा सेटिंग्समा जानुहोस् र ग्रिडलाईन खोल्नुहोस्। यसलाई खोल्दा, धेरै लाइनहरू क्यामेरामा देखा पर्न सुरू हुनेछ। यी लाइनहरुले फोटोग्राफीको नियमको आधारमा काम गर्दछन्। यो लाइनहरु रुल अफ थर्डको नियमअनुसार तयार गरिएको हुन्छ। यसमा कुल ९ लाइनहरु हुन्छन् ।
यदि तपाईंले आफ्ना फोटोहरू यी लाइनको बीचमा (इन्टरसेक्सन) मा ल्याउनु भयो भने फोटो अझ राम्रो हुनेछ। साथै, फोटो लिने बेला तपाईंको वस्तु (अब्जेक्ट)मा फोकस गर्नुहोस्।
फोटोका साथ एक्सपेरिमेन्ट गर्नुस्
यदि फोटोहरू फरक र विशेष कोणबाट लिइएको बेलामा तिनीहरू अझ राम्रा देखिन्छन्। एक उच्च स्थानमा बसेर फोटो लिनुहोस् र उडान विमान वा चराको फोटो लिनुहोस् । तपाईंको अनुभव आश्चर्यजनक हुनेछ ।
प्रतिबिम्बसंग खेल्नुहोस्
जमीनमा भएको पानीमा तपाईंको फोटो हेर्दा दिमाग अत्यन्तै खुशी हुन्छ। अब यदि तपाईले यसलाई फोटोमा उतार्नु भयो भने यो निकै राम्रो देखिन्छ। त्यसकारण सिसा, चश्मा, पानीको गिलासको सतहमा बनेका प्रतिबिम्बहरूसँग खेल्नुहोस् र उत्कृष्ट फोटोहरू क्लिक गर्नुहोस्।
लीड लाइनलाई ध्यानमा राखेर फोटोग्राफ लिनुस्
तपाईंले देख्नु भएको छ कि कयौं फोटोहरूमा केहि लामा लाईनहरु लागेको हुन्छन जसले प्रयोगकर्तालाई टाढासम्म लिएर जान्छ। यसलाई लीड वा लिडिङ्ग लाइन भनिन्छ। तिनीहरू सीधा र गोलाकार पनि हुन सक्छन्। यस्तोमा, तपाईं रेल ट्र्याकहरू, सिढीहरू, जंगलको बिचबाट जाने सडकहरूको उत्कृष्ट फोटोहरू लिन सक्नुहुनेछ।
स्मार्ट तरिकाले रंगको संयोजन गर्नुहोस्
यदि अब्जेक्ट बाहेक सम्पूर्ण फोटो कालो र सेतो छ भने ? निश्चय रूपमा, यो धेरै सुन्दर देखिनेछ। यसका लागि तपाईँले केहि विशेष एपको सहयोग लिन सक्नुहुन्छ। एपको माध्यमबाट, तपाईं तत्काल फोटोलाई कालो र सेतो बनाउन वा तपाईं कुनैपनि रंग भर्न सक्नुहुन्छ।
प्रकाशित: ३० बैशाख २०७७, मंगलवार