
काठमाडौं ।
विश्वभर कोभिड– १९ ले पारेको प्रभाव र त्यसको समाधानको खोजीको प्रयास स्वरुप नेपालमा पनि नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्जको आयोजना हुने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को अगुवाईमा मे ३० र ३१ तारिख अर्थात जेठ १७ र १८ गते नेपालमा पनि सो अन्तराष्ट्रिय प्रतिस्पर्धा सञ्चालन हुनेछ ।
४८ घन्टे सो विश्वव्यापी भर्चुअल ह्याकथनमा सहभागी टिमहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा र तथ्यांकमा आधारित हुँदै कोभिड–१९ कसरी फैलिरहेको छ र त्यसले पृथ्वीमा के असर परेको छ भन्ने अध्ययन गरेर समाधानका उपाय खोज्ने प्रयास गर्नेछन्।
त्यस अवधिमा, विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड–१९ महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न अन्तरिक्षबाट प्राप्त पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन्।
यस ह्याकाथनमा करिब ६ वटा विभिन्न स्याटेलाईटबाट प्राप्त तथ्यांकहरुलाई प्रयोग गरिनेछ ।
नासोले उक्त कार्यक्रममा सहभागी हुन नेपाल तथा विदेशमा अध्ययनरत तथा कार्यरत नेपालीहरुलाई आव्हान गरेको छ ।
‘यस कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीहरुलाई आह्वान गर्न चाहन्छौं। हामी यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउंदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं।’ नासोको विज्ञप्तिमा भनिएको छ ।
नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्जका विषयगत क्षेत्रहरू-
सो कार्यक्रमका लागि सहभागीता जनाउनका लागि भोलि मंगलबार बैशाख ३० गते विश्वव्यापीरुपमै आव्हान खुला गरिने नासोले जानकारी दिएको छ ।
नासाले नासा स्पेस एप्स प्रोग्राम अन्तरगत कोभिड-१९ ह्याकाथन पहिलो पटक भर्चुअल गर्न लागेको हो । यो नेपालसहित विश्वका विभिनन् ७० भन्दा बढि देशहरुमा आयोजना हुनेछ ।
प्रकाशित: २९ बैशाख २०७७, सोमबार