अफिस ३६५का लागि माइक्रोसफ्टको नयाँ फीचर, ‘रिप्लाई अल ईमेल स्टोर्म’लाई रोक्न ‘प्रोटेक्सन’ जारी

  • Technology Khabar | २९ बैशाख २०७७, सोमबार

काठमाडौं ।

माइक्रोसफ्टले हालै अफिस ३६५ ग्राहकहरुको लागि नयाँ सेक्यूरिटी फीचर जारी गरेको छ । नयाँ फीचर ‘रिप्लाइ अल इमेल स्टोर्मस्’ समस्यालाई रोक्न कम्पनीले नयाँ प्रोटेक्सन फीचर ल्याएको हो ।

यो टर्मले त्यस्तो अवस्थालाई दर्शाउँछ जतिबेला कर्मचारीहरुले अधिक मान्छेहरुलाई एकैपटक जवाफा पठाउनका लागि रिप्लाई अल अप्सन प्रयोग गर्ने गर्दछन्, जस्तै कम्पनीभरी पठाईने नोटिफिकेसन्स् ।

यदि ईमेल श्रृंखलामा प्राप्तकर्ताहरुको संख्या ठूलो छ भने र यदि अनेकौं कर्मचारीहरुले रिप्लाई अल बटन दबाएको अवस्थामा यसले निकै ठूलो ईमेल ट्राफिक सिर्जना गर्दछ । यसैकारणले गर्दा ईमेल सर्भरहरु सुस्त हुने वा क्र्यास समेत हुने संभावना रहन्छ ।

यस्तो घट्ना हरेक समय जसो हुने गर्दछ, र एउटा बिन्दुमा कुनै कम्पनीको ईमेल सर्भरहरु बन्द हुन्छ किनकी कर्मचारीहरु सबैले ठूलो मात्रामा ईमेल पठाएका हुन्छन् ।

माईक्रोसफ्ट आफैंले पनि पनि यस्तो घट्ना बेहोरेकोछ । यसअघि पहिलो पटक सन् २०१९ मा दुईवटा यस्तो अवस्था आएको थियो भने त्यसपछि मार्च २०२० मा यस्तो भएको थियो ।

माईक्रोसफ्ट रिप्लाई अल ईमेल स्टोर्मसमा ५२ हजार भन्दा बढि कर्मचारीहरु समावेश भएका थिए, जतिबेला कम्पनीको आन्तरिक संचार घण्टौंसम्म समस्यामा परेको थियो ।

यहि विषयलाई ध्यानमा राखेर कम्पनीले अफिस ३६५ प्रयोगकर्ताहरुलाई विश्वभर नयाँ फीचर रोलआउट गरिएकोछ ।

कम्पनीकाअनुसार रिप्लाई अल स्टोर्म प्रोटेक्सन फीचरले ५ हजार भन्दा अधिक ईमेल प्राप्तकर्ताहरु भएको अवस्थामा ईमेललाई ब्लक गरिदिन्छ, नत्र त्यस्तो ईमेलले १० भन्दा अधिक रिप्लाई अल सिक्वेन्स ६० मिनेट भित्र सिर्जना गर्न सक्दछ ।

एक पटक यो फीचरलाई शुरु गरेको अवस्थामा सम्पूर्ण रिप्लाईहरुलाई एक्सचेन्ज अनलाइनले ४ घण्टासम्म रोक्न सक्दछ । एजेन्सी

प्रकाशित: २९ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया