आगामी बजेटमा साइबर सुरक्षा प्राथमिकतामा, डिजिटल नेपाल फ्रेमवर्क एकिकृतरुपमा लैजाने

  • Technology Khabar | २८ बैशाख २०७७, आईतवार
आगामी बजेटमा साइबर सुरक्षा प्राथमिकतामा, डिजिटल नेपाल फ्रेमवर्क एकिकृतरुपमा लैजाने
फाइल

काठमाडौं ।

बिनियोजन विधेयकमा राखिने बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थ संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले साइबर सुरक्षालाई बजेटमा प्राथमिकता दिने बताएका छन् ।

प्रतिनिधि सभामा आज आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको बारेमा जानकारी दिँदै बजेटमा नै साइबर सुरक्षालाई सम्बोधन गरिने बताएका हुन् ।

नेपालमा पनि ह्याकिङ्ग र डाटा चोरीका घट्नाहरु निरन्तर बढिरहेका छन् । यहि विषयलाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा साइबर सुरक्षालाई प्राथमिकतामा राखेको हो ।

सरकारले आगामी बजेटमा डिजिटल नेपाल फ्रेमवर्कलाई पनि अगाडि बढाउने भएको छ । अर्थमन्त्री डा खतिवडाले आगामी आवमा डिजिटल नेपाल फ्रेमवर्कलाई बजेट छुट्याउने र प्राथमिकतामा राखिने जानकारी दिएका हुन् ।

‘डिजिटल नेपाल फ्रेमवर्कलाई एकिकृत र समन्वयात्मकरुपमा अगाडि बढाईनेछ,साइबर सुरक्षा सुनिश्चित गरि विद्युतिय कारोबारलाई अगाडि बढाईनेछ,’ अर्थमन्त्री डा खतिवडाले भने ।

सन् २०१८ मा नै सार्वजनिक गरिएको डिजिटल नेपाल फ्रेमवर्क त्यसको करिब एक वर्षपछि मन्त्रिपरिषदबाट पारित गरिएको थियो । तर हालसम्म त्यो अगाडि बढ्न सकेको छैन् ।

यसका साथै सरकारले दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन समेत बजेटमा सम्बोधन गरिने उनले जानकारी दिए।

प्रकाशित: २८ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार