गूगलको क्रोम एक्सटेन्सन स्टोरमा कडा नियम, स्पाम र डुप्लिकेट एक्टेन्सनहरुलाई हटाईँदै

  • Technology Khabar | १९ बैशाख २०७७, शुक्रबार

काठमाडौं ।

गुगलले क्रोम वेब स्टोरको सफाई गर्ने भएको छ । कम्पनीको क्रोम स्टोरमा हाल २ लाख भन्दा बढि एक्सटेन्सनहरु रहेको गुगलले बताएको छ ।

क्रोम बेव स्टोरमा रहेका धेरै स्पाम एक्सटेन्सनहरुलाई हटाउन र एक्सटेन्सनको प्रयोगकलाई सुरक्षित बनाउनका लागि नयाँ नियम ल्याएको छ ।

गुगलको क्रोम वेब ब्राउजर सबैभन्दा धेरै प्रयोग गरिने ब्राउजर प्लेटफर्म हो जसले गर्दा क्रोमको वेब स्टोरमा धेरै मात्रामा स्पाम र फ्रडस्टर रहेको बताईएको छ।

यहि विषयलाई ध्यानमा राखेर कम्पनीले नयाँ नियम ल्याएको हो । जसअनुसार आगामी अगस्ट २७ तारिखभित्रमा एक्सटेन्सन डेभलपरहरुले नयाँ नियमलाई पुरा गर्न एडिसनहरु ल्याउनुपर्ने हुन्छ, नत्र उनीहरुको एक्सटेन्सन स्टोरबाट हट्नेछ ।

गुगलको वेब स्टोरमा नक्कली, स्पामर र स्क्यामरका एक्सटेन्सनहरु रहेका छन जसले न्यून गुणस्तरको एक्सटेन्सन बनाएका छन र त्यसले भनेअनुसार काम गर्दैनन्।

नयाँ नियम लागूभएसँग धेरै नक्कली र स्पामयुक्त एक्सटेन्सनहरु हट्ने अनुमान गरिएको छ ।

यस्तो छ नयाँ नियम

  • अब डेभलपर्सहरुले डुप्लिकेट एक्सटेन्सनहरु स्टोरमा राख्न पाउने छैनन् । (उदाहरणका लागि वाल पेपर एक्सटेन्सन्स जसको फरक नामहरु छन तर यूजर्सले इन्स्टल गर्दा एउटै वालपेपरहरु हुने गर्दछ)
  • एक्सटेन्सनले कीवर्ड स्पाम टेक्निक प्रयोग गरेर विभिन्न टर्महरुका साथमा मेटाडाटा फिल्डमा बाढी ल्याउन पाउने छैनन् ।
  • डेभलपर्सहरुले गलत, राम्ररी अनुचित तरिकाले फम्र्याट भएको, असान्दर्भिक, प्रतिकूल र गैर वर्णनात्मक मेटाडाटा प्रयोग गर्न पाउने छैनन् । एक्सटेन्सन मेटाडेटा सही हुनुपर्छ र गुगलले यो विषयमा कडा नीति अख्तियार गर्नेछ ।
  • डेभलपर्सले अवैधानिक स्रोतबाट अत्यधिकरुपमा प्रोडक्ट रेटिङ, रिभ्यू र इन्स्टल काउन्टलाई बढाउन रोक लगाईएको छ, यसमा उदाहरणका लागि छलपुर्वक वा सशुल्क डाउनलोड, रिभ्यू र रेटिङ पर्दछन् ।
  • एक्सटेन्सनहरुको केबल एउटै उद्देश्य हुन्छ । जस्तै वेब पेज वा एप लन्च गर्नु, अब त्यसलाई अन्य अनुमति दिइने छैन ।
  • ब्राउजर नोटिफिकेसनलाई दुरुपयोग गरी मेसेज वा विज्ञापनमार्फत युजरलाई स्पाम पठाउने एक्सटेन्सनहरु पनि प्रतिबन्धमा पर्ने छन् ।

नयाँ नियमअनुसार सबै डेभलपरहरुले अगस्ट २७ सम्म आफ्नो एक्सटेन्सनलाई मिलाईसक्नुुपर्नेछ ।

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार