बैंकर्स संघले भन्यो– पिन नम्बर लगायतका जानकारी गोप्य राखि सुरक्षित विद्युतीय कारोबार गर्नुस्

  • Technology Khabar | २७ चैत्र २०७६, बिहीबार
बैंकर्स संघले भन्यो– पिन नम्बर लगायतका जानकारी गोप्य राखि सुरक्षित विद्युतीय कारोबार गर्नुस्

काठमाडौं ।

नेपाल बैंकर्स संघले कोरोनाभाइरसको जोखिमका कारण बैंकहरु न्यूनतम बैंकिङ्ग सेवा प्रदान गरिरहेको भन्दै सबैलाई विद्युतीय कारोबार गर्न अनुरोध गरेको छ ।

संघले हालै विज्ञप्ति जारी गरेर सबैलाई हाल विद्युतीय कारोबार गर्न अनुरोध गर्दै आफ्नो खाता नम्बर, पिन नम्बरलगायतका व्यक्तिगत बिबरणहरु समेत गोप्य राख्न आग्रह गरेको छ।

ग्राहकहरुलाई विद्युतीय कारोबारमा हुनसक्ने जोखिमलाई ध्यानमा राखि सुरक्षित कारोबार गर्न अनुरोध गरेको हो ।

यसका साथै संघले लकडाउनको अवधिमा बैंकमा राखिएका परिपक्व भएका वा हुने मुद्धती निक्षेपको नविकरणका लागि बैंकमा दर्ता गरिएको ईमेल वा फोन नम्बरबाट समेत अनुरोध गर्न सकिने जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...