फेसबुकको महत्वपूर्ण रिडिजाइन रोलआउट हुँदै, पेजेज, फेसबुक वाच र ग्रुप्सलाई प्राथमिकता

  • Technology Khabar | २२ चैत्र २०७६, शनिबार
फेसबुकको महत्वपूर्ण रिडिजाइन रोलआउट हुँदै, पेजेज, फेसबुक वाच र ग्रुप्सलाई प्राथमिकता

काठमाडौं ।

सोशल मिडिया जायन्ट फेसबुकले आफ्नो डिजाइनलाई परिवर्तन गरेको छ। कम्पनीले यसलाई न्यू फेसबुक भन्दै रोलआउट गरेको छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो डिजाइन परिवर्तनमा कम्पनीले नोटिफिकेसन ट्याबलाई कम महत्वको बनाएको छ । फर इन्स्ट्यान्ट, फेसबुक वाट, मार्केटप्लेस र ग्रुपलाई महत्व दिईएको छ । फेसबुकले यसलाई बीटा डिजाइन भएको छ, जसले यी फीचरहरु आगामी दिनमा परिवर्तन हुनसक्नेछन् ।

यसका साथमा कम्पनीले स्थाई रोलआउट भने भविश्यमा गर्ने अनुमान गरिएको छ ।

कम्पनीले रोलआउट गरेको नयाँ डिजाइन सबैलाई उपलब्ध गराएको भएपनि यो क्रमशः उपलब्ध हुनेछ तर तपाईँले यसलाई म्यानुअल्ली पनि परिवर्तन गरेर नयाँ डिजाइनमा जानसक्नुहुनेछ ।

नयाँ डिजाइनमा यूजरको प्रोफाइल फोटोलाई दाहिने भागमा राखेको छ भने देब्रेसाइडमा यूजरको ग्रुपहरु, पेजहरु र भिडियो आइकनलाई राखिएको छ । यसका साथै पेजको माथिको भागमा स्टोरीलाई ल्याएर राखिएको छ ।

त्यसैगरि फेसबुकले नयाँ फन्ट राखेको छ भने फन्ट साइज पनि ठूलो रहेको छ ।फेसबुकको नयाँ डिजाइनमा प्रयोगकर्ताले डार्क मोडको अप्सन पनि पाउनेछ तर त्यसलाई तपाईँले शुरुमा नै स्वीकार गर्नुपर्छ वा म्यानुअल्ली पछि परिवर्तन गर्न सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको यसको नोटिफिकेसन भित्रै नोटिफिकेसन र फ्रेन्ड रिक्वेस्ट राखिएको छ ।

यो नयाँ डिजाइन मन नपरेको खण्डमा तपाईँले पुरानो क्लासिक डिजाइन नै प्रयोग गर्ने अप्सन समेत फेसबुकले दिएको छ । जसको लागि तपाईँले दाहिने कुनामा रहेको आइकनमा ट्याब गरेर आफैंले परिवर्तन गर्नसक्नुहुन्छ ।

समग्रमा भन्ने हो भने फेसबुक डेस्कटप भर्सनलाई मोबाइल भर्सनको डिजाइनमा ल्याईएको छ ।

प्रकाशित: २२ चैत्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार