
काठमाडौं ।
गूगलको आफ्नो भिडियो स्ट्रिमिङ्ग सर्भिस यूट्यूबले छिटै छोटो भिडियोहरु बनाउने एप शर्ट्स (Shorts) लन्च गर्ने भएको छ । यूट्यूबको यो नयाँ एपले अहिले विश्वभर लोकप्रिय रहेको टिकटकलाई बजारमा चुनौती दिनेछ ।
हालै आएका रिपोर्टहरुका अनुसार यूट्यूबको भिडियो शेयरिङ्ग एपको नाम शट्स हुनेछ र यो यूट्यूबको एप्लिकेसनमा नै उपलब्ध हुनेछ । यसमा यूजरहरुलले पोस्ट गरेको छोटो भिडियोहरुको फिड राखिने छ । यसमा यूजरले यूट्यूबको लाइसेन्स म्यूजिकको क्याटलग पनि प्रयोग गर्न सक्नेछन्।
यूट्यूबको सो एपमा अहिलेको टिकटकको भन्दा धेरै म्यूजिक लाइसेन्स हुने बताईएको छ ।
छोटो भिडियो शेयरिङ्ग एप टिकटक निकै चर्चित रहेको छ । यो नेपालमा पनि निकै लोकप्रिय रहेको छ । सन् २०१६ मा चीनमा लन्च भएको टिकटक सन् २०१८ पछि भने विश्वभर लन्च भएको थियो ।
यो सन् २०१९ मा प्ले स्टोरमा ह्वाट्सएपपछि सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।
टिकटकको मुख्य कम्पनी बाइटडान्सले हालै रेस्सो नामक एप पनि लन्च गरेको थियो । एजेन्सी
प्रकाशित: २० चैत्र २०७६, बिहीबार