इन्टरनेट तथा डाटामा २५ प्रतिशत छुट दिन सबै सेवा प्रदायकलाई दूरसंचार प्राधिकरणको निर्देशन

  • Technology Khabar | १८ चैत्र २०७६, मंगलवार
इन्टरनेट तथा डाटामा २५ प्रतिशत छुट दिन सबै सेवा प्रदायकलाई दूरसंचार प्राधिकरणको निर्देशन
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई इन्टरनेट सेवा प्रयोगमा २५ प्रतिशत छुट सबै ग्राहकहरुलाई दिन निर्देशन दिएको छ ।

गत चैत १२ गते मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा दूरसंचार कम्पनीहरुले लकडाउनको अवधिमा इन्टरनेट प्रयोग गर्ने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा सरकारले निर्देशन दिएकोमा सोहि निर्देशनलाई आधार मान्दै प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई २५ छुट दिन निर्देशन दिएको हो ।

प्राधिकरणले सो बारेमा सार्बजनिक सूचना समेत प्रकाशित गरेर सो निर्देशन पालना गर्न भनेको छ।

‘कोभिड-१९ को संभावित संक्रमणलाई दृष्टिगत गरी विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु मात्र सूचारु गरी नेपाल सरकारबाट मुलुकभर लकडाउन गरिएको सन्दर्भ तथा मिति २०७६ साल चैत्र १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको दूरसञ्‍चार कम्पनिहरुले लकडाउनको अवधिमा इन्टरनेट प्रयोग गर्ने ग्राहकहरुलाई २५% छुट दिने व्यवस्था मिलाउन निर्देशन दिने भन्ने निर्णय कार्यान्वयनका सन्दर्भमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट इन्टर्नेट इमेल सेवा सञ्‍चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्‍चार सेवा प्रदायकहरु लगायत) लाई लकडाउन अवधिभर इन्टर्नेट तथा डाटा सेवामा २५ प्रतिशत छुट दिने व्यवस्थाको लागि आवश्यक निर्देशन जारी गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

यो बारेमा प्राधिकरणले सबै सेवा प्रदायक कम्पनीहरुलाई पत्र समेत पठाई सकेकोको छ ।

‘नेपाल दूरसञ्‍चार प्राधिकरणबाट इन्टर्नेट सेवा सञ्‍चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरुले इन्टर्नेट सेवाका ग्राहकहरुलाई इन्टर्नेट सेवामा २५ प्रतिशत छुट दिने व्यवस्थाको लागि निर्णयानुसार अनुरोध गरिन्छ,’ इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्रमा भनिएको छ ।

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार