एप्पलले आईफोन १२ मा नोच डिजाइन हटाउँदै, यस्तो हुनेछ नयाँ डिजाइनको आईफोन

  • Technology Khabar | १४ चैत्र २०७६, शुक्रबार
एप्पलले आईफोन १२ मा नोच डिजाइन हटाउँदै, यस्तो हुनेछ नयाँ डिजाइनको आईफोन

काठमाडौं ।

एप्पलको आगामी आईफोन लन्चमा केहि महिनामात्र बचेको छ। यसैबिचमा आईफोन १२ को बारेमा विभिन्न खबरहरु र लीक्स आईरहेका छन्।

पछिल्लो केहि सातादेखि यसबारेमा कयौं जानकारीहरु आएका छन् । रिपोर्टहरूकाअनुसार यस पटक आईफोन १२ का साथ कम्पनीले डिस्प्लेबाट नोच हटाउने छ।

एक्सपर्ट्सको अनुमानअनुसार यस पटक एपलले नयाँ आईफोनको डिजाइनमा ठूलो परिवर्तन गर्न सक्नेछ। प्याटर्न हेर्दा पनि यस्तै देखिन्छ कि  कम्पनीले हरेक तीन वर्षमा केही नयाँ डिजाइनहरु ल्याईरहेको छ ।

स्मार्टफोन मेकर मेजुको पूर्व प्रेसिडेन्ट ली नानकाअनुसार एप्पल यो पटक नोच बिनाको आईफोन १२ लन्च गर्ने तयारीमा छ ।आईफोन एक्सको साथमा कम्पनीले नोच डिजाइन लन्च गरेको थियो भने अहिलेसम्म सो निरन्तर छ।

केहि समय पहिले एक टिप्स्टरले आईफोन १२ प्रो को एक रेंडर पोस्ट गरेका थिए । यो रेंडरमा नयाँ आईफोन नोचलेस डिजाइनको साथमा देखिएको छ। नोचमा दिईएका सेन्सरहरूलाई टप बेजलमा देखाइएको छ। नोचमा सेल्फी क्यामेराको साथ धेरै सेन्सरहरू छन् जून फेस आईडीको लागि राखिएका हुन्।

तरयो पटक नोचको स्थान कम्पनीले आईडी सेन्सरहरू र सेल्फी क्यामेरा टप बेजलमा समावेश गर्नेछ, जसले गर्दा फोनको स्क्रीन साइज बढाउन सकियोस्। सामान्यतया जब कम्पनीहरुले नोचलेस डिजाइन बनाउँछन त्यसबेला पप अप सेल्फी क्यामेरा राख्ने गरिएको छ, तर एप्पलले भने त्यस्तो गर्ने छैन। कम्पनीले शीर्ष बेजलमा नै सेल्फी क्यामेरा दिनेछ। एजेन्सी

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...