भारतमा लकडाउनका कारण रियलमी नार्जो सिरिजको इभेन्ट स्थगित, दुई स्मार्टफोनको लन्च योजना

  • Technology Khabar | १३ चैत्र २०७६, बिहीबार
भारतमा लकडाउनका कारण रियलमी नार्जो सिरिजको इभेन्ट स्थगित, दुई स्मार्टफोनको लन्च योजना

काठमाडौं ।

रियलमीले आफ्नो नयाँ सिरिजमा लन्च गर्न लागेको दुई नयाँ स्मार्टफोनहरुको लन्च मिति हालका लागि स्थगित गरेको छ । रियलमीले नार्जो सिरिजमा भारतबाट विश्व बजारमा आज दुई नयाँ स्मार्टफोनहरु लन्च गर्ने योजना थियो।

कम्पनीले रियलमी नार्जो १० र रियलमी नार्जो १० ए लन्च गर्ने योजना राखेको थियो । तर भारतभर हिजोदेखि लागू भएको लकडाउनको कारण कम्पनीले लन्चिङ्ग कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। यो लन्च इभेन्ट अब कहिले हुन्छ भनेर जानकारी दिइएको छैन।

रियलमी इण्डियाका प्रमुख माधव सेठले ट्वीटरमा घोषणा गरेका छन् कि कम्पनीले आफ्ना सबै आगामी लन्च इभेन्टहरु स्थगित गरिरहेको छ र यसमा रियलमी नार्जो सिरिज पनि समावेश छ।

रियलमी इण्डियाका प्रमुख सेठले ट्विटरमा लेखेका छन्, ‘हाम्रा सम्माननीय प्रधानमन्त्रीले हिजो गरेको घोषणालाई ध्यानमा राख्दै हामीले रियलमी नार्जो सिरिजलगायत आगामी सबै लन्च स्थगित गर्ने निर्णय गरेका छौं।’

यस अघि सेठले दुबै अपकमिङ्ग फोनको बिक्री स्थगित भइसकेको जानकारी गराएका थिए। यद्यपि उनीहरूले लन्चिङ्गलाई प्रि-रेकर्ड गरिएको भिडियो मार्फत गरिने जानकारी थियो। तर अब कम्पनीले यस लन्चिङ्गलाई रद्द गर्ने निर्णय गरेको छ।

उनलेआफ्नो ट्वीटमा जानकारी दिएका छन् कि हाल रियलमीका सबै कर्मचारीलाई घरबाट काम गर्न भनिएको छ र कम्पनीको मेक इन इंडिया उत्पादन सुविधा पनि अस्थायी रूपमा बन्द गरिएको छ।

भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको बढ्दो संख्या पछि प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर पूर्ण लकडाउन घोषणा गरेका छन्।

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...